ट्रम्पका सल्लाहकार भन्छन्- रुसी तेल किनेर भारतका ब्राम्हणले मुनाफा कमाए « Khabarhub

ट्रम्पका सल्लाहकार भन्छन्- रुसी तेल किनेर भारतका ब्राम्हणले मुनाफा कमाए


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले रुसबाट तेल खरिद गरेर भारतका ब्राम्हणहरुले मुनाफा कमाइरहेको आरोप लगाएका छन् । फक्स न्यूजलाई दिएको अन्तरवार्ताका क्रममा नभारोले रुसी तेलको कारोबारबाट भारतका ब्राम्हणहरुले मुनाफा कमाइरहेको बताएका हुन् ।

उनले भने, ‘म भन्न चाहन्छ, भारतीय जनताहरु, यहाँ के भइरहेको भनेर कृपया बुझ्नुहोस्, भारतीय जनताको खर्चमा ब्राम्हणहरुले मुनाफा कमाइरहेका छन् । हामीले यसलाई रोक्नुपर्छ ।’ भारतले रुसी तेल खरिद गरिरहेको विषयमा अमेरिकाले भारतमाथि भन्सार शुल्क बढाएपछि अमेरिकी अधिकारीहरुले एकपछि अर्को बयान दिइरहेका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महान् नेताको संज्ञा दिँदै विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकका प्रधानमन्त्री रहेका उनी किन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गरिरहेका छन् भनेर आफूले बुझ्न नसकेको नभारोले बताए ।

मोदी हाल साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन शहरमा छन् । त्यहाँ उनले सी र पुटिनसँग भेटवार्ता पनि गरेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ३ : ११ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२