दयाहाङकी हुन नसकेकी ‘मैया’ फिल्ममा सँग-सँगै « Khabarhub

दयाहाङकी हुन नसकेकी ‘मैया’ फिल्ममा सँग-सँगै


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रिश्मा गुरुङ बितेका ७ वर्ष फिल्मको पर्दाबाट गायब भइन् । अमेरिका बस्दै आएकी उनी २०८१ असोजमा फिल्म ‘रिमै’मा अभिनय गर्ने नेपाली आएकी हुन् ।

भदौ २० बाट यो फिल्म प्रदर्शनमा आउँदै छ । अहिले रिश्मा प्रचारमा सहभागी छन् ।

कबड्डी १ र २ ले चर्चामा आएकी फिल्मी गतिविधि अस्वभाविक मौनता देखिन्छ । उनलाई फिल्मको प्रस्ताव पनि जाने गर्छ । अझ दुई सुपरहिट फिल्म दिएकी नायिकालाई फिल्मको प्रस्ताव नजाने कुरै भएन ।

उनी आफैँ भन्छिन्, ‘कबड्डीपछि दर्जनजति फिल्मबाट प्रस्ताव आयो तर गरिनँ । मैले अस्वीकार गरेका केही फिल्म हिट भए, केही बनेकोसम्म थाहा छैन ।’

‘झुम्की’ फिल्म युट्युबमा सार्वजनिक भएपछि झन् प्रस्ताव आउने क्रम बढेको रिश्मा बताउँछिन् । उनी थप्छिन्, ‘मेरो लक्ष्य व्यवसायिक नायिका बन्ने नभएकाले फिल्महरू त्यति गरिनँ ।’

रेश्मालाई फिल्ममा लिन त्यति सजिलो पनि छैन । उनलाई मनाउन नै मुस्किल रहेको मेकरहरू बताउँछन् ।

‘रिमै’बाट कमब्याक

रिश्माको फुलफ्लेज नायिका रहेको पछिल्लो फिल्म ‘झुम्की’ हो । जुन ०७३ असोजमा प्रदर्शनमा आएको थियो ।

त्यसयता ७ वर्ष रिश्मा ठूलोपर्दाबाट गुमनाम छिन् । त्यहीकारण ‘रिमै’लाई उनी कमब्याककै रुपमा लिन्छन् ।

‘रिमै’को प्रस्ताव उनलाई यही फिल्मका निर्देशक खिलबहादुर गुरुङमार्फत् आएको हो । उनी रिश्माका नातेदार पनि हुन् ।

तर, आफूसँग यो फिल्मको प्रस्ताव आइपुग्नुको जस उनी लेकख उपेन्द्र सुब्बालाई दिन्छन् ।

स्क्रिप्ट तयार भएपछि निर्देशक गुरुङले उपेन्द्रलाई सोधेका थिए, ‘यो फिल्ममा नायिका कसलाई लिँदा हुन्छ ?’

उपेन्द्रले चुनौती भावमा गुरुङलाई जवाफ फर्काए । उनले भनेका थिए, ‘रिश्मा छ, उसलाई अनुबन्ध गर्न सक्छौँ ?’

उपेन्द्रको यही चुनौतीपूर्ण प्रश्नले निर्देशक गुरुङ रिश्मासम्म पुगेका हुन् ।

रिश्मा यो फिल्ममार्फत् कमब्याक तय हुनुको प्रमुख तीन कारण रहेको बताउँछिन् ।

पहिलो– गुरुङ संस्कृतिको कथा

रिश्मा आफैँ गुरुङ समुदायकी हुन् । आफ्नो समुदाय संस्कृति मिहिन ढंगले केलाएको कथा पाएकाले यस फिल्ममा राजी भएको उनको तर्क छ ।

भन्छिन्, ‘आफ्नै समुदायको कथा भएकाले पनि मैले यो फिल्म अस्वीकार गर्न सकिनँ ।’

दोस्रो– लेखक उपेन्द्र सुब्बा

उपेन्द्र सुब्बा कबड्डी सिरिजका लेखक हुन् । अर्थात्, रिश्मालाई धेरै दर्शक समक्ष चिनाउने लेखक नै उपेन्द्र हुन् । त्यहीकारण रिश्मालाई उपेन्द्रले लेखेको स्क्रिप्टमा विश्वास छ ।

उनी भन्छिन्, ‘उपेन्द्र सुब्बाले लेखेको फिल्म राम्रो हुन्छ भन्ने मलाई विश्वास छ । यो फिल्ममा अनुबन्ध हुनुको अर्को प्रमुख कारण उहाँ पनि हो ।’

तेस्रो– नायक दयाहाङ राई

डेब्यू फिल्म ‘कबड्डी’ मै रिश्माले दयाहाङ राईसँग सहकार्य गर्न पाइन् । जसबेला दयाहाङलाई उदयीमान स्टारका रुपमा लिइन्थ्यो ।

अहिले नेपाली फिल्म क्षेत्रको सबैभन्दा व्यस्त नायकमा दयाहाङ शीर्ष भूमिकामा छन् ।

यो फिल्ममा दयाहाङसँग पुनः सहकार्य गर्ने पाइने भएकाले अनुबन्ध हुन लालयित भएको रिश्मा बताउँछिन् ।

सबै फिल्ममा दयाहाङ

रिश्माका प्रदर्शनमा आएका तीन फिल्महरू ‘कबड्डी १ र २’ र ‘झुम्की’ हुन् ।

‘रिमै’ प्रदर्शनको संघारमा छ । यो फिल्म यही साताबाट प्रदर्शनमा आउँदै छ ।

रोचक कुरा– रिश्माका चारै फिल्मको नायक दयाहाङ राई छन् ।

यसबारे भन्छिन्, ‘मलाई मन परेको स्क्रिप्टको नायकमा दयाहाङ नै फाइनल हुनुहुन्छ । रोचक संयोग जुरेको छ ।’

‘रिश्मा’ सन् २०२१ मा फिल्म ‘क्रसरोड’को छायाङ्कन पनि गरेकी थिइन् । यस फिल्ममा नायक दयाहाङ थिएनन् । तर, यो प्रदर्शनमै आएन ।

त्यहीकारण पनि प्रदर्शनमा आएका उनको सतप्रतिशत फिल्ममा नायक दयाहाङ नै छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : ३२ बजे

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।