राजन भट्टराई भन्छन्- लिपुलेक नेपालको भूमि हो, चीनले हामीलाई सघाउनु पर्छ « Khabarhub

राजन भट्टराई भन्छन्- लिपुलेक नेपालको भूमि हो, चीनले हामीलाई सघाउनु पर्छ


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा अडानमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविदसँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै उनले अघिल्लो पुस्ताले ज्यान दिएर जोगाएको भूमि अहिलेका पुस्ताले अडानसहित सुरक्षित राख्नुपर्ने बताए ।

‘अघिल्लो पुस्ताले ज्यान दिएर जोगाए, आज त अडान लिँदा पुग्छ, हामीले एकताबद्ध प्रयास गरेनौँ भने देश जोगाउन सकिँदैन, त्यसैले यो कुनै व्यक्ति विशेषको मात्र प्रसङ्ग होइन, यो देशभक्त नागरिकको साझा जिम्मेवारी हो’, उनले भने ।

डा. भट्टराईले लिपुलेक लगायतका भूभागमा नेपालको दाबी कदापि छाड्न नहुने स्पष्ट पारे । ‘देशभक्त नागरिकका हिसाबले त्यो भूभागको दाबी हामीले छाड्नु हुँदैन’, उनले भने, ‘सीमा विवाद टुङ्गिन समय लाग्न सक्छ तर अडान छाड्न हुँदैन, अन्य राष्ट्रिय कतिपय विषयमा विवाद हुन सक्छ, तर यस्ता मुद्दामा भने सबैले एकमत हुनु जरुरी छ ।’

भारत–चीन सहमतिमा लिपुलेकलाई व्यापारिक नाका बनाउन गरिएको निर्णय नेपाललाई अस्वीकार्य भएको प्रष्ट पार्दै उनले चीनले नेपालका चासोलाई बेवास्ता गर्न नहुने टिप्पणी गरे ।

कार्यक्रममा उनले चीनको भूमिकाबारे पनि प्रष्ट विचार राखे । ‘उक्त भूमि भारत र नेपालको मामिला हो भनेर चीन पनि उम्किन मिल्दैन, यसमा चीनले पनि नेपाललाई सहयोग गर्नुपर्छ’, उनले भने ।

भट्टराईले सबै खालका समस्याको समाधान संवादबाटै हुने स्पष्ट पारे ।  ‘अबको बाटो फेरि पनि संवाद नै हो, संवादबाटै समस्या समाधान गर्नुपर्छ’, उनले भने ।

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध भए पनि सीमा विवादमा नेपाल पूर्ण रूपमा स्पष्ट रहेको उनले बताए ।  ‘नेपालको भूमि कसैले पनि मिच्न पाउँदैन’, उनले भने ।

डा. भट्टराईले राष्ट्रिय स्वाभिमानका सवालमा कुनै सम्झौता गर्न नहुने भन्दै यस्ता विषयमा राजनीतिक दल, बौद्धिक समुदाय र नागरिक समाजबीच साझा दृष्टिकोण बनाउनुपर्ने उल्लेख गरे ।

सीमा विवाद टुङ्गिन समय लागे पनि नेपालले निरन्तर आफ्नो अडान कायम राख्नुपर्ने उनको तर्क छ। वार्ता तथा कूटनीतिक माध्यमबाट मात्र स्थायी समाधान सम्भव रहेको उनले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : ५८ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति