राजन भट्टराई भन्छन्- लिपुलेक नेपालको भूमि हो, चीनले हामीलाई सघाउनु पर्छ « Khabarhub

राजन भट्टराई भन्छन्- लिपुलेक नेपालको भूमि हो, चीनले हामीलाई सघाउनु पर्छ


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा अडानमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविदसँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै उनले अघिल्लो पुस्ताले ज्यान दिएर जोगाएको भूमि अहिलेका पुस्ताले अडानसहित सुरक्षित राख्नुपर्ने बताए ।

‘अघिल्लो पुस्ताले ज्यान दिएर जोगाए, आज त अडान लिँदा पुग्छ, हामीले एकताबद्ध प्रयास गरेनौँ भने देश जोगाउन सकिँदैन, त्यसैले यो कुनै व्यक्ति विशेषको मात्र प्रसङ्ग होइन, यो देशभक्त नागरिकको साझा जिम्मेवारी हो’, उनले भने ।

डा. भट्टराईले लिपुलेक लगायतका भूभागमा नेपालको दाबी कदापि छाड्न नहुने स्पष्ट पारे । ‘देशभक्त नागरिकका हिसाबले त्यो भूभागको दाबी हामीले छाड्नु हुँदैन’, उनले भने, ‘सीमा विवाद टुङ्गिन समय लाग्न सक्छ तर अडान छाड्न हुँदैन, अन्य राष्ट्रिय कतिपय विषयमा विवाद हुन सक्छ, तर यस्ता मुद्दामा भने सबैले एकमत हुनु जरुरी छ ।’

भारत–चीन सहमतिमा लिपुलेकलाई व्यापारिक नाका बनाउन गरिएको निर्णय नेपाललाई अस्वीकार्य भएको प्रष्ट पार्दै उनले चीनले नेपालका चासोलाई बेवास्ता गर्न नहुने टिप्पणी गरे ।

कार्यक्रममा उनले चीनको भूमिकाबारे पनि प्रष्ट विचार राखे । ‘उक्त भूमि भारत र नेपालको मामिला हो भनेर चीन पनि उम्किन मिल्दैन, यसमा चीनले पनि नेपाललाई सहयोग गर्नुपर्छ’, उनले भने ।

भट्टराईले सबै खालका समस्याको समाधान संवादबाटै हुने स्पष्ट पारे ।  ‘अबको बाटो फेरि पनि संवाद नै हो, संवादबाटै समस्या समाधान गर्नुपर्छ’, उनले भने ।

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध भए पनि सीमा विवादमा नेपाल पूर्ण रूपमा स्पष्ट रहेको उनले बताए ।  ‘नेपालको भूमि कसैले पनि मिच्न पाउँदैन’, उनले भने ।

डा. भट्टराईले राष्ट्रिय स्वाभिमानका सवालमा कुनै सम्झौता गर्न नहुने भन्दै यस्ता विषयमा राजनीतिक दल, बौद्धिक समुदाय र नागरिक समाजबीच साझा दृष्टिकोण बनाउनुपर्ने उल्लेख गरे ।

सीमा विवाद टुङ्गिन समय लागे पनि नेपालले निरन्तर आफ्नो अडान कायम राख्नुपर्ने उनको तर्क छ। वार्ता तथा कूटनीतिक माध्यमबाट मात्र स्थायी समाधान सम्भव रहेको उनले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : ५८ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा