नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने « Khabarhub

नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ । 

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। उनका अनुसार बङ्गलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ ।

बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ । 

उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ रु एक हजार र साधारण प्याराफिटर्फ पाँच सय टिकट दर निर्धारण गरिएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ४ : ४० बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी