हरिवंशलाई हाँस्य भूमिकामा राखेर फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक « Khabarhub

हरिवंशलाई हाँस्य भूमिकामा राखेर फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज १३ अर्थात् फूलपातीलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार गायिका मेलिना राई र गायक आशिष अविरलको स्वर रहेको ‘ढाका टोपी’बोलको गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा फिल्मका तीन कलाकार हरिवंश आचार्य, नायिका स्वस्तिमा खड्का र गायक तथा नायक प्रकाश सपुत फिचर्ड छन् । यस गीतको भिडियोमा स्वस्तिमा र प्रकाश हाबी छन् ।

भिडियोमा दर्जनौं कोरश अगाडि स्वस्तिमा र प्रकाशले नृत्य गरेका छन् । हरिवंश भने फिल्ममा निर्वाह गरेको पात्र ‘हरिबहादुर’को चरित्रमा छन् । उनलाई हाँस्य भूमिकामा प्रस्तुत गरिएको छ । गीतको बीच–बीचमा उनले पनि ठुम्का लगाएका छन् ।

यस भिडियोको कोरियोग्राफर किरण थापा हुन् । गीतको चर्चा गर्नुपर्दा शब्द दानबहादुर कार्कीले लेखेका हुन् । यसमा दीपक शर्माको संगीत रहेको छ । गीत लोक फ्लेबरमा तयार पारिएको छ ।

यसअघि फिल्मको ‘बेला बितेसी’ बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले युट्युबमा २० लाखभन्दा बढी भ्युज पाएको छ ।

फिल्ममा भने हरिवंश, स्वस्तिमा, प्रियंका कार्की, प्रकाश सपुत शीर्ष भूमिकामा रहेका छन् । यसको लेखक हरिवंश आफैँ हुन् भने निर्देशक दीपेन्द्र के खनाल हुन् ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्ममा सरोज ओली र मोहितबंश आचार्यको लगानी रहेको छ ।

गीतको लिंक :

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : ३३ बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय