नेपालले जित्यो आसामविरुद्धको सिरिज « Khabarhub

नेपालले जित्यो आसामविरुद्धको सिरिज


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल ‘ए’ ले जितेको छ । सोमबार भएको निर्णायक अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

पहिले ब्याटिङ गर्दै नेपाल ‘ए’ ले २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनायो । टोलीका लागि सन्दीप जोराले आक्रामक ६४ रन प्रहार गरे, जसमा ३९ बलमा २ चौका र ५ छक्का समावेश थिए । त्यसैगरी शुभ कंसाकारले ४१ रन र इशान पाण्डेले ३२ रन जोडे । आसामका बलर आयुष्मान मलाकार र अभिनव चौधरीले समान २/२ विकेट लिए ।

२०९ रनको लक्ष्य पछ्याउन उत्रिएको आसाम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रनमै रोकियो । टोलीका लागि भार्गव लहकरले अविजित २९ रन योगदान दिए भने कप्तान सुमित घडिअन्कर र साहिल जेनले समान २५ रन बनाए । नेपालका बलर शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान २(२ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे ।

यसअघि बिहीबार सुरु भएको शृंखलामा पहिलो खेल डीएल पद्धतिअनुसार १५ रनले आसामले जितेको थियो । दोस्रो खेलमा नेपाल ९६ रनले विजयी भयो भने तेस्रो खेलमा ९ रनले नेपालले जित हात पार्‍यो । चौथो खेल भने आसामले १८ रनले जितेको थियो ।

अन्ततः सोमबारको नतिजासँगै नेपाल ‘ए’ ले शृंखला आफ्नो नाममा दर्ज गर्न सफल भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १० : ४१ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत