वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन « Khabarhub

वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो।

पसयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो। उक्त लक्ष्य वेस्ट इन्डिजले बिना कुनै विकेटको क्षतिमा १२ ओभरमै लक्ष्य भेट्टाएको हो। तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो।

नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो।

आज जितको लागि १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ पूरा ग¥यो।

वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन्। यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ६ : १८ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी