भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा (तस्बिरहरू) « Khabarhub

भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा (तस्बिरहरू)


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरमा मनाइने विभिन्न जात्रा मध्ये परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइएको छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ। 

धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिइ यो जात्रा मनाउन थालिएको हो। यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ। महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा परिणत हुनेहुँदा त्यसअवसरमा महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय्को बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिन्छ। 

बध गरिएको खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घर लगेर सुकुटी बनाउने र त्यसलाई धुलो पारेर घ्यूमा मुछी धुप बनाइन्छ। उक्त धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन रहेको छ। त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ७ : १५ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद