वर्षाका कारण किसानलाई धान भित्र्याउन समस्या « Khabarhub

वर्षाका कारण किसानलाई धान भित्र्याउन समस्या


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन् ।

दसैँतिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरिले प्रभावित बनाएको हो । म्याग्दीका खेतमा धान र बारीमा कोदो पाकेर भित्र्याउने समय भएको छ ।

खेतबारीमा रहेको धानकोदो वर्षासँगै हावाहुरीले लडाउँदा उत्पादनमा असर पर्नुका साथै भित्र्याउनका लागि काटेर सुकाएको बाली र नलपराल पानीले भिजेपछि चिन्तित भएको मङ्गला गाउँपालिका–२ रणवाङका कृषक लक्षिन बहादुर मल्लले बताए ।

मङ्गला गाउँपालिका–२ सिमका कृषक ध्रुब खत्रीले वर्षातका कारण खेतमा पाकेको धान काट्न नपाएको बताए । गत वर्ष एकसय मुरी धान फलाएका खत्रीले यसपाली उत्पादन घट्ने बताए । कतिपय कृषकले काटेको धान खेतमै पानीले भिजेको छ । पानीले खेतमै धान र पराल कुहिने चिन्ता कृषकलाई छ ।

रोप्ने समयमा पर्याप्त वर्षा भएको, रोग, किरा नदेखिएको र तिहार अघिसम्मको मौसम अनुकुल हुँदा धानको उत्पादन बढ्ने कृषकको अपेक्षा थियो । माथिल्लो क्षेत्रका कृषकले स्थानीय जातको धान दसैँ र तिहारबीचमा भित्र्याएका थिए ।

बेसीका खेतमा तिहारलगत्तै धान काट्न थालेका थिए । जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र, म्याग्दीका अनुसार गत वर्ष भएकोमा १२ हजार ९७८ दशमलब पाँच मेट्रिक्टन उत्पादन भएको थियो । ४६ हजार ५९१ मेट्रिक्टन उत्पादन भएको थियो ।

जिल्लामा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण तीन, खुमल चार, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धानखेती हुने गर्दछ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती गर्छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ ।

रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ ।

यी क्षेत्र धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले बोटमै भएको धानलाई वर्षाले असर नगर्ने बताए । (रासस)

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ३५ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण