भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित « Khabarhub

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बनेका छन् ।

उनले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका छन् । विगतमा हातैले प्रशोधन गर्दै आएका उनले २०७६ सालबाट गरस चिया उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा चियाको क्षेत्रमा यो पहिलो उद्योग हो । अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले व्यावसायिक खेतीमा जुटेको उनको भनाइ छ ।

उद्योगबाट हरियो चिया (ग्रीन टि), कालो चिया र सिल्भर चिया उत्पादन गदै आएको उनले बताए । उद्योगले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्क प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ ।

व्यवसायी गिरीले उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट १७ लाख ५० हजार अनुदान प्राप्त गरेका छन् । उत्पादित चियाले उचित मूल्य प्राप्त गरेमा वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी लिने कुनै समस्या नरहेको उनको भनाइ छ ।

हाल ८० रोपनीमा फैलिएको खेतीलाई अझ विस्तार गर्ने तयारी भइरहेको छ । साथै, चिया बगान अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गिरीले बगान परिसरभित्र ‘टेम्के फन पार्क तथा रिसोर्ट’समेत सञ्चालन गरेका छन् ।

व्यवसायी गिरीका अनुसार बगानमा महिनामा चारपटकसम्म चिया टिप्न सकिन्छ । उहाँले नर्सरी उत्पादनदेखि रोपण र प्रशोधनसम्मका सबै चरण आफैँ गर्दै आएका छन् । चिया खेती विस्तार गर्न इच्छुक अन्य किसानलाई उनले नियमित सल्लाह र प्राविधिक मार्गदर्शन दिँदै आएका छन् । (रासस)

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १० : ३९ बजे

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक