हरिबोधिनी एकादशी : पशुपतिस्थित बागमती नदीमा टाँगियो फूलसहितको तोरण (तस्बिरहरू)  « Khabarhub

हरिबोधिनी एकादशी : पशुपतिस्थित बागमती नदीमा टाँगियो फूलसहितको तोरण (तस्बिरहरू) 


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजाअर्चना गर्दै यो पर्व मनाइन्छ ।

आजको दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ ।

एकादशीको दुई दिनदेखि चोखो बसेकाहरु एकादशीको अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने र त्यही दिन बेलुका सत्यनारायणको पूजा  महादीप लगायत एकादशीको दिन डोरीमा, बेल, पीपल, सयपत्रीलगायत विभिन्न फूलहरू उनेर त्यसैलाई डोलीमा हाली ल्याएर नदी तार्ने परम्परा छ ।

आजको दिन यसो गर्नाले पुण्यप्राप्ति हुने जनविश्वास रहेको छ । यसरी फूलको डोली नदी तार्दा पाप नष्ट हुने र मृत्युपश्चात वैतरणी तर्ने जनविश्वास समेत रहेको छ । एकादशीका अवसरमा पशुपतिस्थित बागमती नदीमा फुल तार्नेको भीड छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : ३७ बजे

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको