विश्वकप लिग-२ : रोकिएन नेपालको हारको शृंखला, अमेरिकासँग चार विकेटले पराजित « Khabarhub

विश्वकप लिग-२ : रोकिएन नेपालको हारको शृंखला, अमेरिकासँग चार विकेटले पराजित


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो।

२ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै जित हात पार्‍यो। अमेरिकाका लागि साइतेजा मुक्कमल्ल ७५ र मिलिन्द कुमार ७० बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २ सय ७१ रनमा अलआउट भयो। दीपेन्द्र सिंह ऐरिले ७५, करण केसीले ४९, कुशल भुर्तेलले ४७ र भीम सार्कीले ४३ रन योगदान दिए।

अमेरिकाका हरमित सिंहले ३ विकेट लिए भने सौरभ नेत्रावल्कर र नोस्टुस ले समान २–२ विकेट झारे। अब नेपालले आफ्नो चौथो खेल बुधबार यूएईविरुद्ध खेल्नेछ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : २२ बजे

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न