अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान « Khabarhub

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण भई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आठ महिनाको अभियान सुरु गरेको छ ।

रूसी सोयुज प्रक्षेपण यान बिहान २:२७ बजे (बाइकोनुर, काजाकिस्तान) बाट प्रक्षेपण गरिएको थियो । यस अन्तरिक्षयानमा अमेरिकी अन्तरिक्ष यात्री क्रिस विलियम्स र रूसी सहकर्मीहरू सर्जेई मिकाएभ र सर्जेई कुद–स्भेर्चकोभ रहेका थिए । सो यान बिहान ५ः३४ बजे अन्तरिक्ष स्टेशनमा जोडिएको थियो ।

तीनै जना करिब आठ महिनासम्म यस कक्षीय स्टेशनमा बस्ने अपेक्षा गरिएको छ । अमेरिकी अन्तरिक्ष यात्री विलियम्स र मिकाएभका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो, भने कुद–स्भेर्चकोभका लागि यो दोस्रो यात्रा हो ।

अन्तरिक्ष स्टेशनमा हाल अमेरिकी अन्तरिक्ष यात्री माइक फिन्क, जेना कार्डम्यान र जोनी किम, जापानी अन्तरिक्ष यात्री किमिया युइ र रूसी अन्तरिक्ष यात्री सर्जेई रिजिकोभ, अलेक्सी जुब्रित्स्की र ओलेग प्लेटोनभ पनि छन् ।

विलियम्सले वैज्ञानिक अनुसन्धान र प्रविधि प्रदर्शन गर्नेछन्, जसले मानव अन्तरिक्ष अन्वेषणमा योगदान पुर्‍याउने र पृथ्वीमा जीवनलाई फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ ।

रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा टोली स्वस्थ रहेको जनाएको छ । तर प्रक्षेपणपछि बाइकोनुरमा गरिएको नियमित निरीक्षणमा प्रक्षेपण स्थलका केही भागहरूमा क्षति पाइएको छ ।

रोस्कोस्मोसले भनेको छ, “क्षतिको मूल्याङ्कन भइरहेको छ, आवश्यक सबै प्रतिस्थापन सामग्री उपलब्ध छन् र चाँडै मर्मत गरिनेछ ।” रासस/एपी

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : ५४ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु