एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई « Khabarhub

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दैछन्।

पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनल पुगेको आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो।

उपाधिका लागि सोमबार बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ।

मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। यूएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ।

तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्दैछन्। प्रतियोगितामा १४ टोलीको सहभागिता थियो। यु१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ६ : १४ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४