विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान « Khabarhub

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय खेलमा शतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका छन्। एक दिवसीय क्रिकेटमा ५२ औं शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन्।

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको रुपमा उनले नयाँ कीर्तिमान बनाएका हुन्।
सचित तेन्दुलकरको नाममा रहेको कीर्तिमान तोडेर विराटले दुलर्भ कीर्तिमान बनाएका हुन्।

यसअघि सचिनसँग बराबरी गरेका विराटले अब सचिनको कीर्तिमान भंग गरेका हुन्। यसअघि विश्व क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान भारतीय क्रिकेटका हस्ती सचिनको नाममा थियो। उनले एक दिवसीय खेलमा ५१ शतकको रेकर्डलाई बनाएका हुन्। कोहोलीले उक्त रेकर्डलाई अब भंग गरेका हुन। यो अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फरम्याटमा एउटै खेलाडीले बनाएको सर्वाधिक शतक हो।

सचिनको रेकर्ड तोडेको खेलमा भारत १७ रनले विजयी भयो। सुरुमा ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ३४९ रन बनाएको थियो। उसका लागि विराटले १२० बलको सामना गर्दै १३५ रन बनाए। यो खेलमा एक दिवसीय खेलमा सर्वाधिक ३५२ छक्का पूरा गर्दै रोहित शर्मालेसमेत नयाँ रेकर्ड बनाएका छन्।

३५० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४९ ओभर २ बलमा अलआउट हुँदा ३३२ रन बनाएको थियो। भारत १७ रनले विजयी भएको खेलमा विराटले १०२ बलमा कीर्तिमानी शतक पूरा गरेका थिए।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ३६ बजे

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन– एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ

उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार

एजेन्सी– उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको

पाँचौँ वर्षमा अन्नपूर्ण केबलकार, निःशुल्क स्वास्थ्य शिविरसहित सञ्चालन

पोखरा– अन्नपूर्ण केबलकार लिमिटेड चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा

जलवायु वित्त परिचालनका लागि नयाँ कार्यविधि र विशेष संरचना तयार

काठमाडौं– अर्थ मन्त्रालयले जलवायु कोषबाट प्राप्त हुने वैदेशिक सहायतालाई सरल,

कांग्रेसको प्रतिज्ञा पत्र पारित, आज जनकपुरबाट सार्वजनिक हुँदै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि