जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ  « Khabarhub

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् ।

अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता पनि पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल पनि पक्राउ परेका छन् ।

मोरङ प्रहरीले पाँचै जनालाई आइतबार साँझ पक्राउ गरेको हो । उनीहरू मोरङ जिल्ला अदालतसहितका सरकारी कार्यालयमा आगजनी र तोडफोडमा आबद्ध भएको आरोप छ ।

अन्सारी घटना भइरहँदा तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)का सांसद अमनलाल मोदीका स्वकीय सचिव थिए । मोदी मन्त्री हुँदा पनि स्वकीय नै थिए । घटनास्थलका सार्वजनिक भिडियोमा आगजनी गर्दा उनको प्रत्यक्ष उपस्थिति देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आवास पौडेल नेपाली कांग्रेस, अरुण साह एमाले तथा अन्सारी माओवादी कार्यकर्ता हुन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

उनीहरूलाई आज मोरङ जिल्ला अदालतमा पेश गरेर म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीको योजना छ । भदौ २४ का घटनामा संलग्नको पहिचान फोटो र भिडियोका आधारमा भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रहरी चौकी र गाडीमा आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरिसकेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : १८ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका