जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ  « Khabarhub

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् ।

अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता पनि पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल पनि पक्राउ परेका छन् ।

मोरङ प्रहरीले पाँचै जनालाई आइतबार साँझ पक्राउ गरेको हो । उनीहरू मोरङ जिल्ला अदालतसहितका सरकारी कार्यालयमा आगजनी र तोडफोडमा आबद्ध भएको आरोप छ ।

अन्सारी घटना भइरहँदा तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)का सांसद अमनलाल मोदीका स्वकीय सचिव थिए । मोदी मन्त्री हुँदा पनि स्वकीय नै थिए । घटनास्थलका सार्वजनिक भिडियोमा आगजनी गर्दा उनको प्रत्यक्ष उपस्थिति देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आवास पौडेल नेपाली कांग्रेस, अरुण साह एमाले तथा अन्सारी माओवादी कार्यकर्ता हुन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

उनीहरूलाई आज मोरङ जिल्ला अदालतमा पेश गरेर म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीको योजना छ । भदौ २४ का घटनामा संलग्नको पहिचान फोटो र भिडियोका आधारमा भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रहरी चौकी र गाडीमा आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरिसकेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : १८ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना