सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण « Khabarhub

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ ।

धनगढीमाई–१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो भूगोलमा करिब छ महिनाअघि सडक पिच भएर सहज पहुँच बनेपछि यहाँको पर्यटन चहलपहल ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् । सडक विस्तारले केवल पर्यटकको आगमन मात्र बढाएको छैन, यसले स्थानीय कृषि उत्पादनलाई धनगढीमाई बजारसम्म सजिलै पु¥याउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

हाल उक्त सडक वडा नम्बर १४ को सर्रे–अम्बाससम्म विस्तार भइसकेको छ, जसले पहाडी बस्तीलाई बजारसँग थप मजबुत रूपमा जोडेको छ । भालटारडाँडामा पुग्ने जो–कसैलाई यहाँको हरियाली, चुरे आसपासका पहाडी बस्ती, चिसो हावा र शान्त वातावरणले मोहित बनाउने गर्दछ । परिवारसहित पिकनिक मनाउन, साथीभाइसँग रमाइलो गर्न, हाइकिङ गर्न तथा मनको थकान मेट्न यहाँ आउनेहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ । पर्यटक आगमनसँगै भालटारमा होटल–रेस्टुराँको सङ्ख्या पनि बढ्दै गएको छ ।

भालटारस्थित भ्यू होटलका सञ्चालक रोशन राईले भने, ‘विगत आठ वर्षदेखि होटल सञ्चालन गरे पनि पहिला खासै मानिस आउँदैनथ्ये, तर पछिल्लो समय पूर्वाधारको विकाससँगै मानिसको उल्लेख्य आगमन हुन थालेको छ । छिमेकी देश भारतबाट समेत पर्यटक आउने गरेका छन् ।’

राईका अनुसार, धेरै पर्यटकले पहिले नै फोन गरेर अर्डर गर्छन्, कोही हिँड्दै–हिँड्दै नै आउने गर्छन् । ‘यहाँ लोकल कुखुराको स्वाद चाख्न विशेषै पर्यटक आउँछन् । रमाइलो वातावरणमा फ्रेश फिल गर्न आउनेको सङ्ख्या दिनानुदिन बढ्दो छ,’ राईले भने । होटल व्यवसायीको भनाइमा, सडक राम्रो भएपछि दैनिक रूपमा आउने पर्यटकको सङ्ख्या दोब्बर भएको छ ।

धनगढीमाई नगरपालिका र स्थानीय समुदायले भालटार डाँडालाई व्यवस्थित पर्यटन क्षेत्र बनाउने प्रयासलाई तीव्रता दिइरहेका छन् । वडा नम्बर १३ का वडाध्यक्ष सूर्यमान तामाङले भने, ‘भालटार डाँडामा पछिल्लो वर्षमा पर्यटकको आकर्षण असाध्यै बढेको छ । त्यसैले हामीले यस क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने लक्ष्यका साथ प्रचारप्रसारदेखि भ्यू–प्वाइन्ट पहिचान, सफाइ अभियान र आवश्यक पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेका छौँ ।’ नजिकै धनगढीमाई चोकमा पनि सो क्षेत्रको पर्यटन सम्भावनालाई मुख्य केन्द्र बनाउँदै व्यवसाय र यातायात सेवा विस्तार भइरहेको उनले जानकारी दिए ।

सुन्दर भू–आकृति, बढ्दो होटल व्यवसाय, सहज यातायात र बढ्दो आन्तरिक तथा बाह्य पर्यटक आगमनका कारण भालटारडाँडामा ‘मिनी–हिलस्टेशन’ बन्ने सम्भावना अत्यन्त प्रबल देखिएको स्थानीय युवा वीरेन्द्र चौधरीको भनाइ छ । मधेसमै यस्तो रमणीय पहाडी दृश्य पाउन सकिने थोरै ठाउँमध्ये भालटार एक भएकाले स्थानीय तहले यसको प्रवद्र्धन गरी स्थानीयको रोजगारीसँग जोड्न सक्नुपर्ने उनले बताए । (रासस)

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : २१ बजे

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ– तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको