पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो « Khabarhub

पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी नेपालको भ्रमणमा निस्किएका छन्।

आइतबार धरानमा विभिन्न व्यक्तिसँग कार्यक्रम गरेका उनी सोमबार मोरङको बेलबारी र झापासम्म जाने कार्यक्रम रहेको छ। धरान, बेलबारी र झापामा आदिवासी-जनजातिको बलियो उपस्थिति छ । यहाँ धरानका मेयर हर्क साम्पाङका समर्थको संख्या पनि राम्रो छ।

उज्यालो नेपालको पार्टीका केन्द्रीय सदस्य डकेन्द्र थेगिमका अनुसार संगठन विस्तार र कार्यकर्ता भेटघाटका लागि कुलमान देश दौडाहामा लागेका हुन् ।

पूर्वमा धरानका मेयर हर्क साम्पाङले खोलेको श्रम पार्टीनिकट कयौं पहिचानवादी नेताहरू उज्यालो नेपालमा जोडिएका छन् ।इलाम २ को उपचुनावमा उठेका थेगिम र डा. महेन्द्र लावतीसहितका नेता कुलमानको पार्टीमा जोडिएका छन् । त्यसले गर्दा पूर्वमा हर्कलाई केही धक्का लागेको छ ।

हर्कले अहिले पूर्वी पहाडमा आफ्नो पार्टीको संगठन विस्तार अभियानलाई तीव्र बनाएका छन् । यस्तो अब कुलमान पनि त्यही अभियान लिएर पूर्व नेपाल दौडाहामा निस्किएका हुन् ।

‘हामीले पार्टीको अभियान लिएर साथीहरूसँग छलफल गर्नका लागि पूर्व आएका हौँ’, थेगिमले खबरहबलाई भने, ‘निकै ठूलो सङ्ख्यामा विभिन्न पेशामा आबद्ध भएका व्यक्तिहरू विद्यार्थी, युवा, शिक्षक लगायतसँग कुरा भइरहेको छ।’

थेगिमका अनुसार धरान बसाइमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र कुलमानबीच भेटवार्ता भएन । हर्कले पछिल्लो समय बालेनमाथि सामाजिक सञ्जालमा निरन्तर आक्रमण गरिरहेका छन् ।

बालेनले आफूलाई मन्त्री हुनबाट रोकेको आरोप समेत उनलेे लगाउने गरेका छन् । हर्कसँग फाटो हुँदा यता कुलमान भने बालेनसँग नजिकिएको प्रमाण उनैले सार्वजनिक गरेका छन् ।

पूर्वका थुप्रै पहिचानवादीहरू कुलमानको उज्यालो नेपाल पार्टीमा जोडिएसँगै हर्क र कुलमानको पनि दुईको दूरी बढेको छ ।

कुलमान अहिले काठमाडौंका मेयर बालेन्द्र साहसँग नजिकिएका छन् । यी दुई एकै पार्टीमा सहयात्राबारे संवादमा छन् । कुलमानले आइतबार मात्रै बालेनसँगको फोटो सार्वजनिक गर्दै देश बनाउने अभियानमा सँगसँगै रहेको सन्देश फेसबुकमार्फत् दिएका छन् ।

धरान पुगेका बेला पनि हर्कले भेट्न अनिच्छा देखाएपछि बालेनसँग शनिबार बिहानै काठमाडौंमा खिचिएको फोटो सार्वजनिक गरेर राजनीतिक सन्देश दिन खोजेका छन् । स्रोतका अनुसार धरान पुग्दा पनि हर्कले कुलमानसँग भेट्न नचाहेको बताइएको छ। त्यसपछि कुलमानले बालेन र आफ्नो फोटो सार्वजनिक गरेर हर्कलाई सन्देश दिएका हुन् ।

कुलमानले वैकल्पिक शक्ति मेरो दलमात्रै ठूलो भनेर अल्झिँदा समस्या हुने सन्देशसमेत श्रम संस्कृति पार्टीका हर्कलाई धरानमै आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा दिए ।

धरानमा हर्कसँग संवाद सम्भव नभएपछि कुलमान सोमबार मोरङको बेलबारी र झापामा अन्तरक्रिया गर्न जाँदैछन् ।

झापामा उनले आफूनिकट केही अग्रज र बाढी पीडितलाई भेट्ने छन् । आइतबार विराटनगर विमानस्थल हुँदै धरान गएका कुलमान सोमबार भद्रपुर एयरपोर्ट हुँदै काठमाडौँ फर्किने छन्।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : २३ बजे

बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने

काठमाडौँ – संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ

दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा

पाँच महिनाअगावै झोलुङ्गे पुल निर्माण सम्पन्न

गुल्मी– जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा