लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा   « Khabarhub

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा आएको छ । 

आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। अत्याधुनिक प्रविधि र दक्ष विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालनमा आएको यस केन्द्रले पेट, आन्द्रा तथा कलेजोसम्बन्धी रोगको सम्पूर्ण उपचार एकै स्थानमा उपलब्ध गराउने लक्ष्य सहित ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक डा. शेखर पौडेलले बताए । 

उनका अनुसार साधारण समस्यादेखि लिएर जटिल पाचन तथा कलेजोसम्बन्धी उपचार अब यही केन्द्रबाट उपलब्ध गराइनेछ । कार्यक्रममा स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो । 

गुणस्तरीय, सुरक्षित र सबैका लागि सजिलै उपलब्ध हुने स्वास्थ्य सेवा प्रदान गर्दै राजधानी उपत्यकामा पाचन तथा कलेजो उपचारका लागि एक विश्वसनीय केन्द्रका रूपमा स्थापित हुने विश्वास लिइएको छ । 

सुविधा सम्पन्न पूर्वाधार, आधुनिक डिजाइन, सहज पहुँच र व्यक्तिगत हेरचाहमा आधारित सेवा यस केन्द्रका मुख्य आकर्षण हुने केन्द्रका सञ्चालक पौडेलले बताएका छन् । 

निकट भविष्यमा कार्डियोलोजी, स्त्रीरोग तथा प्रसूति र सामान्य औषधि लगायतका अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : ५७ बजे

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

शंकर पोखरेलको विश्लेषण : एमालेको प्रतिस्पर्धा कांग्रेससँँग, रास्वपा काठमाडौंमै कमजोर देखियो

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २१ फागुनमा हुने