सीमान्तकृत समुदाय लक्षित आयमूलक कृषि कार्यक्रम « Khabarhub

सीमान्तकृत समुदाय लक्षित आयमूलक कृषि कार्यक्रम


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले एकल महिला, अपाङ्गता भएका, मुक्त कम्लहरी, सीमान्तकृत समुदाय लक्षित गरेर आयमूलक कृषि कार्यक्रम सुरु गरेको छ । 

कैलालीमा यो कार्यक्रमका लागि किसानहरू छनोट गरी काम अघि बढाइएको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले जानकारी दिए । प्रदेशका अन्य जिल्लामा पनि कार्यक्रम कार्यान्वयनको चरणमा छ ।

कार्यक्रमअन्तर्गत परिचयपत्र प्राप्त इच्छुक एकल महिला, अपाङ्गता भएका तथा विपन्न, मुक्त कम्लहरीलाई जनही रु १५ हजार बराबरको कृषि कार्य गरेबापत भुक्तानी कृषि ज्ञान केन्द्रमार्फत उपलब्ध गराइने जनाइएको छ ।  

‘कार्यक्रममा तरकारी र च्याउखेती, मौरीपालन, रैथाने थारू आलुखेती गर्ने किसानलाई समेटेका छौँ,’ कार्यालय प्रमुख चौधरीले भने, ‘छनोटमा परेका किसानले १५ हजारभित्र रहेर कृषि कार्य गर्नुपर्ने छ, कामको अनुगमन निरीक्षणपछि रकम भुक्तानी गरिने छ ।’

यो कार्यक्रमका लागि जिल्लामा २०० किसान छनोट भएका छन् । चालु वर्षमा जिल्लाभरि यस्ता ४०० किसानलाई समेटेर आयमूलक कृषि गराउने सरकारको लक्ष्य छ । चालु वर्षमा यो कार्यक्रममा लागि कैलालीमा मात्रै ६० लाख बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीसहित सबै जिल्लामा कार्यान्वयन हुन लागेको यो कार्यक्रमबाट एकल महिला, मुक्त कम्लहरीलगायत सीमान्तकृत समुदायको आयआर्जन बढ्ने विश्वास गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘एक स्थानीय तह दुई उत्पादनको नीति लिएको छ । यो नीतिबमोजिम प्रदेशका सबै ८८ स्थानीय तहमा स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।  

यो कार्यक्रमका लागि कृषितर्फ ४० लाख र पशुपालनतर्फ ४० लाख गरी प्रत्येक स्थानीय तहका लागि रु ८० लाख बजेट विनियोजन गरिएको छ । प्रत्येक स्थानीय तहमा कम्तीमा एक उत्पादन होस् भन्ने उद्देश्यले सबै स्थानीय तहलाई समान बजेट विनियोजन गरिएको जनाइएको छ । 

कार्यक्रम कार्यान्वयनको सिलसिलामा कैलालीका सबै १३ पालिका तहमा छुट्टाछुट्टै बालीको खेती गर्न सम्झौता भएर काम सुरु भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीले बताए।  कृषक, कृषक समूह, सहकारीमार्फत यो कार्यक्रम कार्यान्वयनमा आएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १ : ५६ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले