सञ्चारमन्त्रीको सम्पदायात्रा : अरनिको जन्मस्थलको प्रवर्धनमा जोड « Khabarhub

सञ्चारमन्त्रीको सम्पदायात्रा : अरनिको जन्मस्थलको प्रवर्धनमा जोड


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको नाम उच्च राख्न योगदान पुर्‍याउने राष्ट्रिय विभूति कलाकार अरनिको जन्मस्थललाई प्रचार–प्रसार गरिनुपर्नेमा जोड दिएका छन् ।

सञ्चारमन्त्री खरेलले आज बिहान ललितपुर महानगरपालिका वडा नं. ६ कनिवहाल पुगेर अरनिको जन्म भएको महत्त्वपूर्ण ऐतिहासिक स्थललाई प्रचारप्रसार गर्न आग्रह गरेका हुन् ।

उनले कनिवहालस्थित वडा कार्यालयको अवलोकन पश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको स्थलगत अवलोकन गर्दै उक्त आग्रह गरेका हुन् । 

सञ्चारमन्त्री खरेलले सम्पदा भएको क्षेत्रको प्रचारप्रसार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको महत्त्वका बारेमा उजागर गर्दै पर्यटकहरुलाई समेत आकर्षित गर्नुपर्ने बताए । 

‘चीनसम्म पुगेर मुर्तिकलाको प्रचारप्रसारमा राष्ट्रिय विभूति अरनिकोले पुर्‍याउनु भएको योगदान अतुलनीय छ हामी संस्कृति र सम्पदामा धनी छौँ, हाम्रो पुर्खाको जति सुझबुझ कार्यले अत्यन्तै महत्त्वपूर्ण सम्पदाहरू बनेका छन् ती सम्पदाको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्छ’, उनले भने ।

मन्त्री खरेलले १३ औँ शताब्दीको कलाकौशल भएको रुद्रवर्ण महाविहार, महाबुद्ध, विद्याधरी देवी मन्दिरसहित सम्पदास्थलको अवलोकन गरे । 

सम्पदा क्षेत्र अवलोकनका क्रममा मन्त्री खरेलले जनतालाई दैनिक प्रभावकारी सेवा दिने सरकारी कार्यालय वडा हो भन्दै सङ्घीय मन्त्रीले पनि वडा अध्यक्ष र  कार्यालयलाई समन्वय र सहकार्य गर्ने नै हो भने ।

सञ्चारमन्त्री खरेलले सम्पदा क्षेत्रको अवलोकन तथा जानकारी लिँदै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरे । 

ललितपुर महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यले सङ्घीय सरकारबाट वडाका लागि बजेट ल्याउन कठिनाइ रहेको बताउँदै सहजिकरणका लागि आग्रह गरे ।

उनले मूर्त सम्पदा संरक्षणका लागि रकम उपलब्ध गराउन पनि सञ्चारमन्त्रीसमक्ष आग्रह गरे ।

अध्यक्ष शाक्यले अरनिकोको जन्म यही वडामा भएको जानकारी गराउँदै वडाको विशेषता धातु र मुर्तिकलाको उद्यम र व्यापारको हब भएको उल्लेख गरे । 

अध्यक्ष शाक्यले यस क्षेत्रको सांसदलाई नै भेट्न कठिनाइ भइरहेको अवस्थामा सङ्घीय मन्त्रीलाई भेटेर आफ्नो कुरा जानकारी गराउन पाएकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : ३९ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित