‘ओली एमालेका ब्रान्ड हुन्, जबजको उत्तराधिकारी परिवारका सदस्य हुँदैनन्’ « Khabarhub

‘ओली एमालेका ब्रान्ड हुन्, जबजको उत्तराधिकारी परिवारका सदस्य हुँदैनन्’


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा‌ ओलीको विकल्प नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । पूर्वसञ्चारमन्त्रीसमेत रहेका गुरुङले ओलीलाई शक्तिशाली देखेर नै विदेशी पक्षले षड्यन्त्र गरेको पनि दाबी गरेका छन् ।

‘केपी शर्मा ओलीलाई शक्ति देखेरै देशी-विदेशी पक्षबाट षड्यन्त्र भयो । ओलीमाथिको आक्रमण उनलाई सक्न तयार पारिएको योजना वर्षौँदेखिको हो’, उनले भने, ‘जेन-जी पुस्ताको भावनालाई भड्काएर बन्न लागेको देश पनि जलाए । ओली यो मुलुकका राष्ट्रिय स्वाधीनताका पहरेदार हुन् । ओलीमाथिको आक्रमण देश र स्वाधीनतामाथिको आक्रमण र प्रहार हो ।’

उनले ओलीसँग धेरै विषयमा विमति भए पनि मुलुकको आवश्यकता, हित र कम्यूनिष्ट आन्दोलनको रक्षाका लागि फेरि पनि एमालेमा उनै चाहिने बताए ।

‘मेरो समर्थन ओलीलाई नै छ । सिंगो मुलकले नै ओली-ओली भन्ने दिन आउँछन्’, उनले भने, ‘जबरजस्त भ्रष्टको ट्याग लगाएर गलत प्रचार गरिँदा तत्कालका लागि बदनाम भएको देखिए पनि ओली इतिहास हुन् ।’

उनले नेपाली लोकतान्त्रिक आन्दोलन र देशको रक्षाका लागि ओली नै आवश्यक पर्ने बताए । ‘११ औँ महाधिवेशनले उहाँलाई नै अध्यक्ष बनाउनु पर्छ । म आफैँ पनि बनाउन म लागेको छु । ओली भनेका एमालेका ब्रान्ड हुन् ।’

गुरुङले पूर्वराष्ट्रपति विद्या भण्डारीतिर लक्षित गर्दै मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको उत्तराधिकारी परिवारको सदस्य हुन नसक्ने पनि जिकिर गरेका छन् ।

कुनै समय भण्डारीनिकट मानिने गुरुङ पछिल्लो पटक सञ्चार तथा सूचना प्रविधि मन्त्री भएसँगै ओलीका कट्टर समर्थकका रुपमा निस्किएका छन् । गण्डकीको मुख्यमन्त्री हुँदा उनले ओलीसँग शक्ति संघर्ष नै चलाएका थिए । तर ११ औँ महाधिवेशनमा उनी उपाध्यक्ष निश्चित गरेर ओलीको समर्थनमा उत्रिएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : ४८ बजे

भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो

अछाम- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण