‘ओली एमालेका ब्रान्ड हुन्, जबजको उत्तराधिकारी परिवारका सदस्य हुँदैनन्’ « Khabarhub

‘ओली एमालेका ब्रान्ड हुन्, जबजको उत्तराधिकारी परिवारका सदस्य हुँदैनन्’


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा‌ ओलीको विकल्प नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । पूर्वसञ्चारमन्त्रीसमेत रहेका गुरुङले ओलीलाई शक्तिशाली देखेर नै विदेशी पक्षले षड्यन्त्र गरेको पनि दाबी गरेका छन् ।

‘केपी शर्मा ओलीलाई शक्ति देखेरै देशी-विदेशी पक्षबाट षड्यन्त्र भयो । ओलीमाथिको आक्रमण उनलाई सक्न तयार पारिएको योजना वर्षौँदेखिको हो’, उनले भने, ‘जेन-जी पुस्ताको भावनालाई भड्काएर बन्न लागेको देश पनि जलाए । ओली यो मुलुकका राष्ट्रिय स्वाधीनताका पहरेदार हुन् । ओलीमाथिको आक्रमण देश र स्वाधीनतामाथिको आक्रमण र प्रहार हो ।’

उनले ओलीसँग धेरै विषयमा विमति भए पनि मुलुकको आवश्यकता, हित र कम्यूनिष्ट आन्दोलनको रक्षाका लागि फेरि पनि एमालेमा उनै चाहिने बताए ।

‘मेरो समर्थन ओलीलाई नै छ । सिंगो मुलकले नै ओली-ओली भन्ने दिन आउँछन्’, उनले भने, ‘जबरजस्त भ्रष्टको ट्याग लगाएर गलत प्रचार गरिँदा तत्कालका लागि बदनाम भएको देखिए पनि ओली इतिहास हुन् ।’

उनले नेपाली लोकतान्त्रिक आन्दोलन र देशको रक्षाका लागि ओली नै आवश्यक पर्ने बताए । ‘११ औँ महाधिवेशनले उहाँलाई नै अध्यक्ष बनाउनु पर्छ । म आफैँ पनि बनाउन म लागेको छु । ओली भनेका एमालेका ब्रान्ड हुन् ।’

गुरुङले पूर्वराष्ट्रपति विद्या भण्डारीतिर लक्षित गर्दै मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको उत्तराधिकारी परिवारको सदस्य हुन नसक्ने पनि जिकिर गरेका छन् ।

कुनै समय भण्डारीनिकट मानिने गुरुङ पछिल्लो पटक सञ्चार तथा सूचना प्रविधि मन्त्री भएसँगै ओलीका कट्टर समर्थकका रुपमा निस्किएका छन् । गण्डकीको मुख्यमन्त्री हुँदा उनले ओलीसँग शक्ति संघर्ष नै चलाएका थिए । तर ११ औँ महाधिवेशनमा उनी उपाध्यक्ष निश्चित गरेर ओलीको समर्थनमा उत्रिएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : ४८ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय