यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका « Khabarhub

यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका

प्रवक्ता महत भन्छन् : रकेट स्पीडमा जाँदैछौँ


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।

डेढ महिना लामो रस्साकस्सी र विवादपछि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पन्ध्रौँ महाधिवेशनको कार्यतालिका आइसकेपछि विशेष महाधिवेशनको च्याप्टर क्लोज भएको छ।

‘महाधिवेशन समयमा हुनुपर्‍यो भन्ने माग हस्ताक्षरकर्ताहरूको पनि थियो’, उनले भने, ‘अब विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’

बैठकपछि पत्रकाहरूसँग बोल्दै प्रवक्ता महतले कांग्रेसको यस पटकको महाधिवेशन तालिका रकेट स्पीडमा अघि बढ्ने जानकारी दिए ।

यस्तो छ कार्यतालिका

विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते
गाउँ, नगर र वडा कार्यसमितिको अधिवेशन पुस १६ गते
गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते
प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते
एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते
सातै प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गते
केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ४८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता