जेन-जी आन्दोलनमा लुटिएको स्वाचलित पेस्तोलसहित ३ जना पक्राउ « Khabarhub

जेन-जी आन्दोलनमा लुटिएको स्वाचलित पेस्तोलसहित ३ जना पक्राउ


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वचालित हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

कार्यालयका अनुसार गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियार लुकाएको विशेष सुराकीका आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामा काठमाडौँ महानगरपालिका–१४ कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला दुहुँ–४ का १९ वर्षीय रामचन्द्र कुँवर (डेबिड) र काठमाडौँ महानगरपालिका–१३ बाफलका ३१ वर्षीय विराट प्रसाद जोशी छन्।

रसिल जोशी लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । उनी भदौ २४ गते प्रहरी हिरासतबाट फरार भएका थिए।

प्रहरीले उनीहरूको साथबाट नेपाल प्रहरीले प्रयोग गर्ने टाइप ५४ स्वचालित पेस्तोल एक थान र विभिन्न कम्पनीका दुई मोबाइल बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : २६ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय