वर्तमान परिस्थीतिमा ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ « Khabarhub

वर्तमान परिस्थीतिमा ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको वर्तमान परिस्थीतिमा केपी ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्ने बताएका छन् । 

प्रेस चौतारीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले जेन-जी आन्दोलनअघि र पछि केपी ओली नेतृत्वको सरकार र एमालेलाई चौतर्फी घेराबन्दी र बदनाम गर्ने प्रयास भएकाले फेरी पनि पार्टीको अध्यक्षमा ओलीलाई नै निरन्तरता दिनुपर्ने बताएका हुन् ।

जनताको बहुदलीय जनवादका उत्तराधिकारीका हिसाबले समेत आगामी महाधिवेशनबाट ओली  एमालेको अध्यक्ष बन्नुपर्ने उनको भनाइ छ । 

केही व्यक्तिहरू सडकबाट एमालेको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठाउने गरेको भन्दै गुरुङले सडकमा उठेको आवाजकै कारणले पार्टीले आफ्नो नेता परिवर्तन नगर्ने स्पष्ट पारे ।

उनले राष्ट्रियताका पक्षमा राखेका अडानका कारण एमाले र केपी ओलीमाथि प्रहार भएको जिकिर गरे  । उपमहासचिव गुरुङले निर्वाचन गर्ने वर्तमान सरकारको नियत नरहेको आरोप लगाए । 

निर्वाचनको परिणाम आफू अनुकूल आउने अवस्था नआएसम्म वर्तमान सरकारले निर्वाचन नगर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : ३९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र