राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब « Khabarhub

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप–स्टारझैँ स्वागत गरिन्छ । सम्राट नारुहितो र महारानी मासाकोसँग नागासाकी भ्रमणका क्रममा शुभचिन्तकहरूले उनको नाम चिच्याउँदै जयजयकार गरेका दृश्य अझै ताजा छन् । 

सोमबार २४ वर्ष पूरा गरेकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानूनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ ।

शाही परिवार झन् खुम्चिँदै गएकाले तत्काल सुधारको आवश्यकता गम्भीर रूपमा उठिरहेको छ । सम्राटका किशोर भतिजा प्रिन्स हिसाहितो मात्र भावी पुरुष उत्तराधिकारी हुनु र अन्य सम्भावना अत्यन्त सीमित रहनुले राजतन्त्रको भविष्यबारे चिन्ता बढाएको छ । विशेषज्ञहरूका अनुसार शाही वंश निरन्तरता बचाउन अब महिला उत्तराधिकार रोक्ने प्रावधान हटाइनु अत्यावश्यक देखिन्छ । तर प्रधानमन्त्री साने ताकाइचीसहितका रूढिवादी नेताहरू परिवर्तनका कडा विरोधी छन् ।

आइकोले वयस्क शाहीका रूपमा सन् २०२१ मा सार्वजनिक कर्तव्यहरू सुरु गरेदेखि उच्च लोकप्रियता कमाउँदै आएकी छन् । बुद्धिमान, सरल, मैत्रीपूर्ण र रोचक व्यक्तित्वका कारण उनी युवा पुस्तामा समेत प्रिय बनेकी छन् । 

गत नोभेम्बरमा लाओसको पहिलो एकल आधिकारिक विदेश भ्रमणले त उनलाई भावी राजाका रूपमा झनै स्थापित गरिदियो । उच्च अधिकारीहरूसँग भेटघाट, सांस्कृतिक स्थलहरूको अवलोकन र स्थानीयवासीहरूसँगको घनिष्ठ संवादले आइकोले जिम्मेवारीपूर्ण नेतृत्व क्षमता देखाएकी थिइन् ।

यसअघि नागासाकी र ओकिनावाको भ्रमणमा समेत आइकोले आफ्नो बुबाले सुरु गरेको दोस्रो विश्वयुद्धको पीडा नयाँ पुस्तासम्म पुर्‍याउने परम्परालाई अगाडि बताइन्। यस्तो सक्रियताले उनप्रति जनविश्वास झनै बलियो बनाएको छ । 

नागासाकीमा भेटिएकी ८२ वर्षीया आणविक बम विस्फोटबाट बचेकी सेत्सुको मात्सुओले ‘राजकुमारी आइकोलाई ताज लगाएको देख्न जीवनभर चाहना गर्दै आएको’ बताइन्। त्यस्तै, ५८ वर्षीया मारी माहिराले ‘आइको हुर्केको देखेको नाताले अब उहाँलाई राजगद्दीमा देख्न चाहन्छु’ भनेर आफ्नो उत्साह व्यक्त गरिन् ।

आइकोको लोकप्रियताले नागरिक मात्र नभई, कलाकार र सामाजिक अभियानकर्मीहरूलाई पनि उत्तराधिकार सुधारका लागि सक्रिय बनाइरहेको छ । 

राजकुमारी आइकोको जीवन–यात्रा पनि धेरै जापानीका लागि प्रेरणादायी छ । सन् २००१ डिसेम्बर १ मा जन्मिएकी आइकोको बाल्यकाल उज्यालो थियो । उनी सुमो पहलवानहरूको पूरा नाम कण्ठस्थ राख्ने असाधारण क्षमताका कारण परिचित थिइन्। तर कठिनाइहरू पनि थिए । विद्यालयमा केही समय बदमाशीबाट पीडित भई कक्षाबाट टाढिनु परेको थियो । किशोरावस्थामा अत्यधिक दबाबका कारण स्वास्थ्यमा असर परेका समयहरू पनि आए ।

सन् २०२४ मा गाकुसुइन विश्वविद्यालयबाट स्नातक गरेपछि आइकोले आधिकारिक कर्तव्यसँगै जापान रेडक्रस सोसाइटीमा समेत सेवा दिइरहेकी छन् । सप्ताहन्तमा आमाबाबुसँग हिँड्ने, दरबारका अधिकारीहरूसँग टेनिस, ब्याडमिन्टन र भलिबल जस्ता खेलमा सहभागी हुने उनको सरल स्वभावले जनताको मन जितेको छ ।

तर राजतन्त्रको भविष्य भने अझै अनिश्चित छ । सन् १९४७ को इम्पेरियल हाउस कानूनले पुरुष–वंशलाई मात्र उत्तराधिकारी मान्छ र विवाहपछि महिला शाही सदस्यको दरबार–सदस्यता समाप्त हुन्छ । अहिले शाही परिवार १६ सदस्यमा सिमित छ । यो तीन दशकअघिको सङ्ख्याको आधाभन्दा कम हो । सबैजना वयस्क छन्, जसले आगामी पुस्तामा उत्तराधिकार चुनौती झनै गम्भीर बनाउँछ ।

सम्राटका भाइ क्राउन प्रिन्स अकिशिनोले पनि परिवारको घट्दो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भनिन्, “हालको कानूनमा तत्काल परिवर्तन सम्भव छैन, हामीले कर्तव्यहरू घटाएर मात्रै अघि बढ्न सक्छौँ ।” 

आइकोले सधैँ झैँ विनम्रतापूर्वक आफ्ना आधिकारिक कर्तव्य इमानदारीका साथ निर्वाह गर्ने बताउँदै प्रणालीबारे टिप्पणी गर्न नहुने आफ्नो स्थिति स्पष्ट पारिन्

इतिहासमा जापानमा आठ महिला सम्राज्ञी रहे पनि आधुनिक पुरुष–मात्र उत्तराधिकार नियम सन् १८८९ मा औपचारिक गरिएको थियो, जुन सन् १९४७ को कानूनमा पनि कायम रह्यो । सन् २००५ मा महिला साम्राज्ञीलाई अनुमति दिने प्रस्ताव आउन नपाउँदै प्रिन्स हिसाहितोको जन्मसँगै त्यो रोकियो । 

हालका केही रूढिवादी प्रस्तावहरूले महिला शाही सदस्यलाई विवाहपछि पनि दरबारमा राख्ने सुझावट दिए पनि उत्तराधिकार भने पुरुष–वंशमै सीमित राख्न चाहन्छन् ।

संयुक्त राष्ट्रसङ्घीय महिला अधिकार समितिले जापानको पुरुष–मात्र प्रणालीलाई लैङ्गिक समानताविरुद्ध रहेको भन्दै सुधार गर्न आग्रह गरेको छ ।

राजकुमारी आइकोप्रति जनताको अपार भरोसा र प्रेमको पृष्ठभूमिमा अब जापानले परम्परा र आधुनिकताको बीचको संवेदनशील प्रश्न—राजगद्दीमा महिला अनुमति दिने कि नदिने— को सामना गर्नैपर्ने देखिन्छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : १९ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम