‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घको माग « Khabarhub

‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घको माग


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्ने भन्दै ‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन माग गरेको छ ।

सङ्घले आज जनहितमा अपिल जारी गर्दै इन्फ्लुएन्जा भाइरसको संक्रमणको प्रभावकारी रोकथामका लागि सरकारले जोखिमयुक्त व्यक्तिलाई खोपको दायरामा ल्याई हरेक वर्ष समयमा नै निःशुल्क रूपमा फ्लू खोप उपलब्ध गराउनुपर्ने माग गरेको हो ।

यस्तै, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले असर पुर्‍याउने प्रबल सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ । 

अपिलमा भनिएको छ,’रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिई समय मै रोकथाम गर्न उपयुक्त हुन्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले असर पुर्‍याउने प्रबल सम्भावना रहेको हुँदा यसको रोकथामका लागि समयमा नै फ्लू खोप लिनुहुन जोखिममा रहेका समस्त नागरिकहरूलाई हार्दिक अपिल गर्दछौँ ।’
 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : २० बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र