‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घको माग « Khabarhub

‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घको माग


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्ने भन्दै ‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन माग गरेको छ ।

सङ्घले आज जनहितमा अपिल जारी गर्दै इन्फ्लुएन्जा भाइरसको संक्रमणको प्रभावकारी रोकथामका लागि सरकारले जोखिमयुक्त व्यक्तिलाई खोपको दायरामा ल्याई हरेक वर्ष समयमा नै निःशुल्क रूपमा फ्लू खोप उपलब्ध गराउनुपर्ने माग गरेको हो ।

यस्तै, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले असर पुर्‍याउने प्रबल सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ । 

अपिलमा भनिएको छ,’रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिई समय मै रोकथाम गर्न उपयुक्त हुन्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले असर पुर्‍याउने प्रबल सम्भावना रहेको हुँदा यसको रोकथामका लागि समयमा नै फ्लू खोप लिनुहुन जोखिममा रहेका समस्त नागरिकहरूलाई हार्दिक अपिल गर्दछौँ ।’
 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : २० बजे

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने