दाङमा ४७१ जना एचआइभी सङ्क्रमितको उपचार हुँदै « Khabarhub

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितको उपचार हुँदै


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन् ।

३८औँ विश्व एड्स दिवस २०२५ का अवसरमा स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा, दाङ प्लस, नागार्जुन डेभलपमेन्ट कम्युनिटी, घोराही उपमहानगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सह-आयोजनामा  भएको  सचेतनासम्बन्धी कार्यक्रमका उक्त जानकारी दिइएको छ । 

कार्यक्रममा सहभागीले एचआइभी एड्सको सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य सचेतनासँगै सावधानी आवश्यक रहेकोमा जोड दिएका थिए। नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका प्रबन्धक वसन्त खनालले जिल्लामा हाल ४७१ जना एचआइभी सङ्क्रमितले उपचार सेवामा लिइरहेको बताए । जसमा २२७ पुरुष, २३६ महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र १८ बालबालिका उनको भनाइ छ ।

जिल्लामा एआरटी सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमार्फत सेवा दिइँदै आइएको छ । स्वास्थ्य कार्यालय दाङ, स्थानीय तह र समुदायमा आधारित स्वास्थ्य संस्थाहरूले समुदायमै पुगेर परीक्षण, परामर्श, जोखिम पहिचान, कण्डम वितरण, सुई-सिरिञ्ज कार्यक्रम, स्वास्थ्य शिक्षा तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइएको छ । 

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मेघराज आचार्यले यससम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको बताए। घोराही उपमहानगरपालिका, स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, स्वास्थ्य कार्यालयका कुन्दन ठाकुरलगायतले एचआइभी रोकथामका लागि सबै सचेत हुनुपर्नेमा जोड दिएको थियो । 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : ५२ बजे

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने