‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’ « Khabarhub

‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजना गरिएको एकता सन्देशसभामा उनीहरूले अहिले मुलुकमा संकटमा रहेकाले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका हुन् ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक गम्भीर राजनीतिक मोडमा रहेको उल्लेख गर्दै वामपन्थी मात्र नभइ लोकतान्त्रिक शक्तिहरू पनि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले जेन-जी आन्दोलनको दोस्रो दिनका घटनाले मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने अवस्था देखाएको उल्लेख गरे ।

देशलाई चुनौतीबाट निकाल्न निर्वाचन नै वैधानिक उपाय भएको भन्दै उनले राजनीतिक समाधानको बाटो जनमतबाटै सम्भव हुने स्पष्ट पारे ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले संविधानको रक्षा सबै दलको साझा कर्तव्य रहेको बताउँदै राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि निर्वाचनको विकल्प खोज्नु नहुने बताए । उनले मुलुकमा देखिएको बेथिति अन्त्य गर्न एकताबद्ध हुनुपर्ने धारणा राखे ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले आर्थिक परिवर्तनका लागि कृषि क्रान्ति र औद्योगिकीकरणलाई अनिवार्य ठहर गर्दै क्रान्तिकारी भूमिसुधार नवगठित पार्टी प्रमुख एजेण्डा रहेको बताए ।

कार्यक्रममा पार्टीका अन्य नेताहरूले राजनीतिक अवस्था, राष्ट्रिय हित र आगामी रणनीतिका विषयमा धारणा राख्दै एकताबद्ध रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ६ : २८ बजे

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने