अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट « Khabarhub

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण अमेरिकी नागरिकहरूले सवारीसाधन किन्ने योजना परिमार्जन गर्न थालेका छन् । एक अमेरिकी पत्रिकाका अनुसार, ग्राहक साना र प्रयोग भएका सवारीमा बढी रुचि देखाइरहेका छन् ।

यसै क्रममा, अमेरिकामा विद्युतीय सवारीसाधन बजारमा ठूलो गिरावट आएको छ । गत मार्चमा विद्युतीय सवारी खरिदमा प्रदान हुने कर छुट समाप्त भएपछि हजारौँ सम्भावित खरिदकर्ताहरूले खरीद रद्द गरेका थिए, जसले उद्योगमा थप दबाब सिर्जना गरेको छ ।

अमेरिकी प्रशासनले यस वर्ष फेब्रुअरीमा आयातित सवारीसाधनमा २५ प्रतिशत र मार्चमा सवारी पाट्र्समा थप २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो । यसका कारण आयातित मात्र नभई स्वदेशमै बनेका सवारीसाधन पनि महँगा भएको समाचारमा उल्लेख छ ।

फेडेरल रिजर्भको पछिल्लो बेइज पुस्तक अनुसार, जुलाईको सुरुदेखि अगस्तको मध्यसम्म अमेरिकी उपभोक्ता खर्च निरन्तर घटेको देखिन्छ । साथै, मिशिगन विश्वविद्यालयले सार्वजनिक गरेको  सूचकांकले धेरै अमेरिकी नागरिकहरू रोजगारका अवसरप्रति निराश रहेको र बढ्दो महँगीका कारण खर्च कटौती गर्न बाध्य भएको निष्कर्ष निकालेको छ ।
 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : २७ बजे

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’