सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा « Khabarhub

सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका मृत्युवरण गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले जेन-जी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी-अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा , बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तिय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ भने विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।

बैठकले प्रेस काउन्सील नेपालको अध्यक्षमा डा कुमा शर्मा आचार्यलाई मनोनित गर्ने, कार्वन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने र बैंकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ३२ बजे

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा