वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल « Khabarhub

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घ, नेपाल स्वास्थ्य व्यवसायी महासङ्घ र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच छलफल भएको हो ।

त्यस अवसरमा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले वैदेशिक रोजगार व्यवसायसँगै सेवा पनि भएकाले श्रमिकको सर्वोत्तम हितका लागि तीन तहकै सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले व्यवसायमा देखापर्ने जुनसुकै सिन्डिकेट प्रवृत्ति आफूलाई स्वीकार नहुने र त्यसका विरुद्धमा निरन्तर लागिरहेको सुनाए ।

साथै उनले वैदेशिक रोजगार सेवा शुल्कबारेमा छलफल गर्न तीन तहकै प्रतिनिधि र मन्त्रालयको वैदेशिक रोजगार महाशाखाको संयोजनमा छलफल समिति बनाउन आग्रह गरे।

स्वास्थ्य व्यवसायी महासङ्घका महासचिव कृष्णप्रसाद बजगाईँले हालसम्म सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको बताए । व्यवसायी सङ्घका महासचिव महेशकुमार बस्नेतले स्वास्थ्यका नाममा एक प्रकारको सिन्डिकेट देखिएको बताए ।

अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष राजाराम गौतमले पछिल्लो समय प्रविधिमैत्री तालिम सुविधा वृद्धि गर्ने कार्य भइरहेको र अनुभवी प्रशिक्षणसमेत सहभागिता बढ्न थालेको प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : ३३ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम