जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस « Khabarhub

जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तरराष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का निष्कर्षबारे केन्द्रित समीक्षा, उपलब्धि र भावी मार्गचित्र विषयक संवाद सम्पन्न भएको छ ।

युथ एड्भोकेसी नेपालले आज यहाँ आयोजना गरेको संवादमा सरोकार भएका तथा विज्ञहरूले जलवायु परिवर्तन रोकथाम, कार्बन उत्सर्जन न्यूनीकरण, दिगो भविष्य निर्माण, सीमान्तकृत समुदायका मुद्दा तथा विकसित मुलुकको कमजोर प्रतिबद्धताबारे बहस गरेका थिए ।

कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार नरेन खतिवडाले जलवायु परिवर्तनसँग जुध्न युवाको नेतृत्व विकास आवश्यक रहेको उल्लेख गरे । उपप्राध्यापक प्रतिमा गुरुङले आदिवासी, जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा अन्तरराष्ट्रिय मञ्चका प्रक्रियामा समेटिनुपर्ने सुझाव दिए ।

‘लाभिया क्यापासिना’ प्रतिनिधि प्रेमश अधिकारीले विकसित राष्ट्रहरूले उत्सर्जन गर्ने हरितगृह ग्यासको प्रभावले गरिब मुलुकहरू बढी प्रभावित भएको उल्लेख गरे। जलवायु अभियन्ता प्रयास अधिकारीले जलवायु नीतिमा लैङ्गिक तथा सीमान्तकृत समुदायको सहभागिता अनिवार्य रहेको बताए ।

एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले राष्ट्रिय तथ्याङ्क, युवा सहभागिता र भावी रणनीतिबारे जानकारी गराउदै नेपालजस्ता विकासशील राष्ट्रका जलवायु प्राथमिकतामा युवाको आवाज थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : ५९ बजे

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’