इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो « Khabarhub

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जाकार्ता – इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

निकायका अनुसार उद्धार कार्य प्रभावित क्षेत्रमा तीव्र गतिमा जारी रहेको छ । उत्तर सुमात्रा, पश्चिम सुमात्रा र अचेह प्रान्तमा आएको बाढीका कारण झण्डै पाँच लाख ५० हजार मानिस विस्थापित भएको उल्लेख गरिएको छ ।

सडक अवरुद्ध हुनुका साथै सञ्चार अवरुद्ध भएकाले केही प्रभावित क्षेत्रमा पुग्न मुस्किल परेको र बचाउ तथा राहत सामग्री मुख्य रूपमा हवाई माध्यमबाट पु¥याइनुपर्ने अवस्था रहेको निकायले जनाएको छ ।

सोमबार इन्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले सरकारका उद्धार तथा राहत प्रयासहरू पूर्ण क्षमतासहित अघि बढाइएको बताए ।

उनले इन्डोनेशियाले जलवायु परिवर्तनका चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्नुपर्ने र स्थानीय सरकारहरूले वातावरण संरक्षण तथा आगामी चरम मौसमी घटनाका तयारीमा अझ ठूलो भूमिका खेल्नुपर्ने आवश्यकता जोड दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : २२ बजे

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’