आयुर्वेद डा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि « Khabarhub

आयुर्वेद डा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साहका पिता आयुर्वेद डा. रामनारायण साहको वैदिक परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएर काम गरिसक्नुभएका साहको मधुमेह र पिसाबको सङ्क्रमणका कारण आज निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा निधन भएको थियो ।

साहलाई अन्तिम बिदाइ गर्न अन्तरिम सरकारका मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल, बब्लु गुप्ता, पूर्वमन्त्री राजेन्द्र महतो, विभिन्न सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारी, चिकित्सक, परिवारजनलगायतको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति रहेको थियो ।

साहले आयुर्वेद विभागको समेत निर्देशक भएर काम गरेका थिए । पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका मन्त्री महतोले मन्त्रालयका कर्मचारीमध्ये साह सरल र सोझाे मानिसका रूपमा आफूले अनुभव गरेको सञ्चारकर्मीमाझ प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : ४३ बजे

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’