आयुर्वेद डा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि « Khabarhub

आयुर्वेद डा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साहका पिता आयुर्वेद डा. रामनारायण साहको वैदिक परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएर काम गरिसक्नुभएका साहको मधुमेह र पिसाबको सङ्क्रमणका कारण आज निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा निधन भएको थियो ।

साहलाई अन्तिम बिदाइ गर्न अन्तरिम सरकारका मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल, बब्लु गुप्ता, पूर्वमन्त्री राजेन्द्र महतो, विभिन्न सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारी, चिकित्सक, परिवारजनलगायतको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति रहेको थियो ।

साहले आयुर्वेद विभागको समेत निर्देशक भएर काम गरेका थिए । पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका मन्त्री महतोले मन्त्रालयका कर्मचारीमध्ये साह सरल र सोझाे मानिसका रूपमा आफूले अनुभव गरेको सञ्चारकर्मीमाझ प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : ४३ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना