पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला « Khabarhub

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘लगानीको सम्वर्द्धन र उद्योग व्यवसायको प्रवर्द्धन’ नारासहित ‘नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक २०८२’ मेला आयोजना हुने सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आज मेलास्थल पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजित पत्रकार सम्मेलनमा लगानीको नयाँ सम्भावना खोजी गरी गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए । उनले मेला मङ्सिर २१ गतेसम्म सञ्चालन हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

अध्यक्ष कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउनका लागि मेला उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले भने “जेनजी प्रदर्शनपछि निजी क्षेत्र सङ्कटमा छ । उद्योगी÷व्यवसायीको मनोबल बढ्न सकेको छैन । मेलाका माध्यमबाट अर्थतन्त्र चलायमान बनाउने तथा व्यवसायीको मनोवल वृद्धि गरी लगानीका नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्य राखेका छौँ ।”

मेलामा सूचना प्रविधि क्षेत्रका नयाँ उत्पादन, घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादनहरू रहने छन् । सङ्घले विसं २०४२ देखिको मेला गर्दै आएको छ । अध्यक्ष कार्कीले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको रूपमा विकास गर्न मणिपाल अस्पतालसँगको सहकार्यमा मेला आयोजना भइरहेको बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नेपाल मणिपाल अस्पतालका ‘लियाजन अफिसर’ कृष्णमोहन श्रेष्ठले नेपालकै पुरानो संस्थागत मेलासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

क्यान महासङ्घ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत नयाँ युगको आवश्यकता सम्बोधन गर्ने प्रयत्न गरिने बताए । उनले भने, “मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादन प्रदर्शनीमा राखिने छन् । मेलास्थलबाट सूचना प्रविधिसम्बन्धी नवीन जानकारी दिनेछौँ ।”

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने र यस क्षेत्रको मौलिक संंस्कृति प्रदर्शन गरिने जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १० : ३४ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको