मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु « Khabarhub

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ। मर्मतसम्भार गरी पुरानै भवनबाट पार्टीको काम सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

‘पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवको कार्यकक्ष मर्मत गरी बस्नु थाल्नुभएको छ’, उनले भने, ‘पार्टीका सबै कामकारबाही पुरानै भवनबाट सुरु गरिएको छ।’ पार्टी महासचिव शङ्कर पोखरेल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नै कार्यकक्षबाट सुरु गरेका छन्। आगजनी र तोडफोड भएपछि एमाले कार्यालय टेन्ट टाँगेर सञ्चालन गरिएको थियो।

कार्यालय सचिव डा.अधिकारीले केन्द्रीय कमिटी बैठक सभाहल र अन्य साना केही कोठामात्र मर्मत गर्न बाँकी रहेको बताए। गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भनेपछि मर्मत गरिएको हो।

Laxmi sunrise bank
गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता तथा कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १० : ४५ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी