कपालमा चाया परेर हैरान हुनुहुन्छ ? यी हुन् हटाउने घरेलु उपाय « Khabarhub

कपालमा चाया परेर हैरान हुनुहुन्छ ? यी हुन् हटाउने घरेलु उपाय


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन्दर र आकार्षक देखिने चाहना सबैलाई हुन्छ । मानिसको सौन्दर्यताको प्रतिक कपाल पनि हो । कपालले मानिसको सौन्दर्यता बढाउँछ । तर जोडोको समयमा कपालमा पर्ने चायाले धेरैलाई सताउँछ ।

चायाले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ ।

चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछन् । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरिका स्याम्पु र घरेलु उपचार गरिरहेकै हुन्छ ।

टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई चाया भन्ने गरिन्छ । राम्रो सरसफाइ नभएमा पनि चाया पर्ने गर्छ ।

कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ । सरसफाइ र सन्तुलित भोजनले चाया हटाउन ठूलो भूमिका खेल्छ ।

भिटामिनयुक्त खाना, नियमित रूपमा कपाल नुहाउँदा, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ ।

चायाको समस्यालाई शतप्रतिशत निको पार्न गाह्रो छ । तर, यसको असरलाई कम गर्न भने त्यति गाह्रो छैन । तर, चायाले तालु रातो हुने, चिलाउने र रगत बग्ने, पोल्ने र छाला खुइलिने जस्ता समस्या हुन्छ ।

चाया निको पार्ने उपाय

टाउकोमा चाया पर्न नदिन पहिलो कुरा त टाउकोको नियमित सरसफाई गर्नपर्दछ । साथै सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ । पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ । नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गरे चायाको समस्या हट्नेछ ।

चाया हटाउने घरेलु उपाय

– एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा चाया कम हुँदै जान्छ ।

– अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउदाँ पनि कपालको चाया कम हुँदै जान्छ ।

– रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिसेर कपालमा लगाउनुस् र आधा घन्टा जति छाडेर नुहाउनुस् कपालमा रहेको चाया जान्छ ।

– एलोभेराको रस निकालेर कपालमा दल्नुस् र आधाघन्टा जति राखेर पखाल्नुस् चाया हटेर जान्छ ।

– मेथीको दानालाई रातभर ढड्याएर राख्नुस् र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस् कपालको चाया निख्रन्छ ।

– ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईँको कपालबाट चाया हराएर जान्छ ।

– नरिवलको तेल र कपुर मिलाएर राख्नुस् र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस् चाया हराएर जान्छ ।

– एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस् तपाईँको कपालबाट चाया हट्छ । -एजेन्सीको सहयोमा

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ८ : ५२ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका