यस्तो बन्यो ‘कार्साङ’को ट्रेलर « Khabarhub

यस्तो बन्यो ‘कार्साङ’को ट्रेलर


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले बुधबार सार्वजनिक गरेको ट्रेलरमा फिल्मका केन्द्रीय कलाकारहरु दयाहाङ राई, जितु नेपाल, दिया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङ छन् ।

दयाहाङ र सिर्जना विवाहित जोडीको भूमिकामा रहेको ट्रेलरले खुलाउँछ । त्यस्तै, दिया र जितु पनि जोडीकै भूमिकामा छन् । उनीहरुबीचको घरझगडाले ट्रेलरलाई रोमाञ्चक बनाएको छ ।

ट्रेलरमा एउटा ग्रामिण क्षेत्रमा झाँक्री शक्ति, सामाजिक परम्परा, आर्थिक अभाव समेटिएको छ ।

निर्देशक यम शेर्पाका अनुसार फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको कथा उठान गरेको छ । तर यो कुनै निश्चित भेग वा समुदायसँग सम्बन्धित फिल्म नभएको उनको दाबी छ ।

उनी भन्छन्, ‘यो सबैको साझा कथा हो । कुनै क्षेत्र वा भेगको कथा होइन । यो फिल्मको कथाले सबैलाई आफ्नोपन महसुस गराउने छ ।’

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मको निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १० : ०० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र