आज २०८१ साल पुस १८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस १८ गते बिहीबारको राशिफल


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस १८ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी २ तारिख। पुस शुक्ल पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मानसिक चिन्ता र असन्तुष्टि बढ्नेछ। व्यवसायमा साझेदारी गरेमा फाइदा हुनेछ। राज्यका तर्फबाट अवरोध हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

वृष : स्वास्थ्यको ख्याल गर्नुपर्ने छ। चिसोबाट बच्नुपर्नेछ। विदेशी लगानीमा घाटा हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानी गर्नुपर्ने भए सहकार्य गरेमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा प्रगति हुने योग छ।

कर्कट : शुभग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ। दाजुभाइले साथ दिनेछन्। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। कपडाको व्यापारमा राम्रो आम्दानी हुनेछ। राज्यको निगरानीमा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

सिंह : दिन सामान्य छ। अप्रिय समाचारले मन अशान्त बन्नसक्छ। स्वास्थ्यले साथ दिनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। लगानी गर्ने भए शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कन्या : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

तुला : दाजुभाइसँगको सहकार्यले मन खुशी हुनेछ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा सचेत बन्नु आवश्यक देखिन्छ। गला र कलाको प्रदर्शनले नाम र दाम मिल्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुँदा मन खिन्न बन्नेछ। सहकर्मीले साथ दिनेछन्। परिवारको साथ र सहयोग मिल्नेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्ने योग रहेको छ।

धनु : बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या हुनसक्छ। स्वास्थ्य लाभ हुनेछ। आर्थिक अवस्थामा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

मकर : सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्न ढिला हुनेछ। धैर्य भएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारलाई मात्र विश्वास नगर्नु उपयुक्त देखिन्छ।

कुम्भ : दिन सामान्य छ। हरेक क्षेत्रमा बाधा सिर्जना हुनेछ। मानसिक रुपमा खटपटी बढ्नेछ। मध्य साढेसाती भएकाले बिहान उठेर शिवको भजन गर्न सकेमा दैनिकी सहज बन्नेछ।

मीन : सुरुवाती साढेसाती दशा चलिरहेको छ। मन उदास बन्नसक्छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। दिनको सुरुवात दान वा पिपलको दर्शनबाट गर्न सकेमा दैनिकी सहज बन्नेछ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ५ : ११ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र