अमेरिकामा भीडमाथि कार कुदेपछि १५ जनाको मृत्यु « Khabarhub

अमेरिकामा भीडमाथि कार कुदेपछि १५ जनाको मृत्यु


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

ओरलियन्स – अमेरिकाको दक्षिणी सहर न्यु ओरलियन्समा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ।

ओरलियन्सको फ्रेन्च क्वार्टरको लोकप्रिय गल्लीमा नयाँ वर्ष बनाइरहेको समयमा भीड माथि कार कुदेको थियो। सो स्थान बार क्लब तथा नाइट लाइफका लागि चर्चित ठाउँ हो।

गल्लीमा सङ्गीत गुन्जिरहेको समयमा एक्कासी मानिसको शरीरबाट कार कुद्न थालेपछि मानिसको रुवाबासी र भागाभाग भएको थियो।

सो घटना गराउने व्यक्ति टेक्ससका ४२ वर्षीय समसुदिन जबार रहेको जनाइएको छ। प्रहरीको गोलीबाट मारिनु अघि उनले चलाएका कारण कारण थिचिएर १५ जनाको ज्यान जानुका साथै ३५ जना घाइते भएका हुन्।

फेडरल ब्युरो अफ इन्भेस्टिगेसनका अनुसार आक्रमण भएको कारण इस्लामिक स्टेटको झन्डा भेटिएको छ। यसलाई आतङ्ककारी गतिविधिको सूचीमा राखिएको छ।

अनुसन्धानमा संलग्नका अनुसार सो घटनामा एक व्यक्ति मात्र दोषी छैनन्। धेरैको संलग्नता रहेको अनुमान गरिएको छ।

घटना स्थानीय समय अनुसार बिहान ३:१५ मा भएको थियो। घटना भएको स्थान लुसियाना राज्यमा पर्छ। सो घटनामा दुई जना प्रहरी पनि घाइते भएका छन्।

घटना भएको लुसियानाको सो सहर सांस्कृतिक रूपले महत्त्वपूर्ण मानिन्छ। फ्रान्सेलीले सन् १७१८ मा सो स्थान निर्माण गरेकाले फ्रेन्च क्वार्टर भन्ने गरिएको हो। हरेक वर्षको सहद ऋतुमा यहाँ लाखौँ मानिसहरू आएर रमाउने गरेका छन्। यो सङ्गीत प्रेमीहरूका लागि समेत महत्त्वपूर्ण सहर मानिएको छ।

पछिल्ला वर्षमा यो सहरले दुर्घटनाको सामना गरिरहेको छ। यसै वर्षमा सहरले केटरिना आँधीको २० औँ वर्षगाँठ मनाउने छ। सो आँधीमा दुई हजार जनाको ज्यान जानुको साथै १० लाख विस्थापित भएका थिए। पछिल्लो तीन वर्षमा सहरको जनसङ्ख्या भने घट्दोक्रममा छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ५ : ३५ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।