अमेरिकामा भीडमाथि कार कुदेपछि १५ जनाको मृत्यु « Khabarhub

अमेरिकामा भीडमाथि कार कुदेपछि १५ जनाको मृत्यु


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

ओरलियन्स – अमेरिकाको दक्षिणी सहर न्यु ओरलियन्समा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ।

ओरलियन्सको फ्रेन्च क्वार्टरको लोकप्रिय गल्लीमा नयाँ वर्ष बनाइरहेको समयमा भीड माथि कार कुदेको थियो। सो स्थान बार क्लब तथा नाइट लाइफका लागि चर्चित ठाउँ हो।

गल्लीमा सङ्गीत गुन्जिरहेको समयमा एक्कासी मानिसको शरीरबाट कार कुद्न थालेपछि मानिसको रुवाबासी र भागाभाग भएको थियो।

सो घटना गराउने व्यक्ति टेक्ससका ४२ वर्षीय समसुदिन जबार रहेको जनाइएको छ। प्रहरीको गोलीबाट मारिनु अघि उनले चलाएका कारण कारण थिचिएर १५ जनाको ज्यान जानुका साथै ३५ जना घाइते भएका हुन्।

फेडरल ब्युरो अफ इन्भेस्टिगेसनका अनुसार आक्रमण भएको कारण इस्लामिक स्टेटको झन्डा भेटिएको छ। यसलाई आतङ्ककारी गतिविधिको सूचीमा राखिएको छ।

अनुसन्धानमा संलग्नका अनुसार सो घटनामा एक व्यक्ति मात्र दोषी छैनन्। धेरैको संलग्नता रहेको अनुमान गरिएको छ।

घटना स्थानीय समय अनुसार बिहान ३:१५ मा भएको थियो। घटना भएको स्थान लुसियाना राज्यमा पर्छ। सो घटनामा दुई जना प्रहरी पनि घाइते भएका छन्।

घटना भएको लुसियानाको सो सहर सांस्कृतिक रूपले महत्त्वपूर्ण मानिन्छ। फ्रान्सेलीले सन् १७१८ मा सो स्थान निर्माण गरेकाले फ्रेन्च क्वार्टर भन्ने गरिएको हो। हरेक वर्षको सहद ऋतुमा यहाँ लाखौँ मानिसहरू आएर रमाउने गरेका छन्। यो सङ्गीत प्रेमीहरूका लागि समेत महत्त्वपूर्ण सहर मानिएको छ।

पछिल्ला वर्षमा यो सहरले दुर्घटनाको सामना गरिरहेको छ। यसै वर्षमा सहरले केटरिना आँधीको २० औँ वर्षगाँठ मनाउने छ। सो आँधीमा दुई हजार जनाको ज्यान जानुको साथै १० लाख विस्थापित भएका थिए। पछिल्लो तीन वर्षमा सहरको जनसङ्ख्या भने घट्दोक्रममा छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ५ : ३५ बजे

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ