मधेशमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति « Khabarhub

मधेशमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेश प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो ।

प्रदेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने मधेश प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका जेहेन्दार छात्रालाई उच्चबाट वञ्चित हुननपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको बताए । प्रक्रियागत काम निर्देशनालयले पूरा गर्ने र छात्रालाई छात्रवृत्ति दिइने उनको भनाइ छ । छात्रवृत्ति प्रदेशका आठवटै जिल्लाका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले पाउने छन् ।

छात्रवृत्तिका लागि एक हजार ७१ आवेदन प्राप्त भएका निर्देशनालयले जनाएको छ । छात्रवृत्तिमा साधारण र प्राविधिक गरी दुई वर्गमा शैक्षिक शुल्कबापत वार्षिक रु २५ र ३५ हजार प्रदान गरिने छ । प्राविधिक शिक्षा पढ्नेलाई ३५ र मानविकी, वाणिज्य, शिक्षाका लागि २५ हजार उपलब्ध गराइने छ ।

प्रदेश सरकारले छात्रवृत्तिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख विनियोजन गरेको छ । मधेशमा शिक्षाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेसको साक्षरता दर ६३.५ प्रतिशत तथा महिला साक्षरता ४३.२ प्रतिशत छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १० : ४१ बजे

रिलिजको पाँच दिनअघि रश्मिकाको ‘मैसा’ स्थगित, नयाँ मिति अभिनेत्रीलाई नै थाहा छैन !

काठमाडौं– दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको प्रतीक्षित एक्सन फिल्म ‘मैसा’

 पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

इलाम– इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान

इटहरीमा गुडिरहेको कारमा अचानक आगलागी, सवार पाँच जना सकुशल (तस्बिरहरू)

काठमाडौं– सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ

प्रधानमन्त्री शाहको प्रतिबद्धता- गान्धीको आदर्शबाट नेपाल–भारत सम्बन्ध बलियो बनाउनुपर्छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले महात्मा गान्धीका सत्य, अहिंसा र

बाँदरको उप्रदो : हरियो मस्याङ काट्न बाध्य छन् किसान

भोजपुर– बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै