तरुण दलको भेला स्थगित « Khabarhub

तरुण दलको भेला स्थगित


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पूर्वनिर्धारित तरुण भेला स्थगित गरेको छ ।

तरुण दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले सूचना जारी गर्दै पुस २२ र २३ का लागि तय भएको भेला स्थगित गरिएको जानकारी दिए ।

यसअघि तरुण दलले केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको दुई दिने तरुण भेला गर्ने बताएका थियो । मुख्य सचिव पोखरेलद्वारा जारी सूचनामा उक्त तरुण भेला विशेष कारणले स्थगित गरिएको उल्लेख छ ।

तरुण दलले स्थगित भेला फेरि कहिले बोलाउने भन्ने बारेमा केही खुलाएको छैन । भेला मातृ पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने बताइएको थियो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १२ : १७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच