अन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध श्रीलंका विजयी « Khabarhub

अन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध श्रीलंका विजयी


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलंकाले न्युजिल्यान्ड  विरुद्धको टी २० शृङ्खला २–१ ले जितेको छ । बिहीबार भएको अन्तिम तथा तेस्रो खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई ७ रनले हराएको हो। 

श्रीलंकाले दिएको २१९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २११ रन जोड्यो । न्युजिल्यान्डका रचिन रवीन्द्रले ३९ बलमा ६९ तथा डेरी मिचेलले १७ बलमा ३५ रन प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन । ज्याकरी फल्क्सले १३ बलमा २१ रन प्रहार गरे । टिम रोबिन्सनले २१ बलमा ३७ रन प्रहार गरे । 

चारिथ अलासान्काले ३ विकेट लिए पनि ४ ओभरमा ५० aरन खर्चिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५ विकेटको क्षतिमा २१८ रन जोडेको हो । श्रीलंकाका लागि कुशल पारीले १०१ रन जोडे । 

४६ बलको सामना गरेका उनले यस क्रममा १३ चौका र ४ छक्का प्रहार गरे  कप्तान अलासान्काले २४ बलमा ४६ रन प्रहार गरे । परेरा खेलका म्यान अफ द म्याच समेत घोषित भए । न्युजिल्यान्डका ज्याकोब डफी म्यान अफ द सिरिज घोषित भए । 

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १२ : ४५ बजे

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको