मुक्कुमलुङ दर्शन गर्न पुगेका तीनजना पक्राउ, ताप्लेजुङमा तनाव | Khabarhub Khabarhub

मुक्कुमलुङ दर्शन गर्न पुगेका तीनजना पक्राउ, ताप्लेजुङमा तनाव



सुनसरी– ताप्लेजुङको सेमुक्ति कोक्मा/मुक्कुमलुङ संरक्षणमा लागेको आरोपमा तीन युवाहरूलाई बुधबार राति ताप्लेजुङ बजारबाट प्रहरीले पक्राउ गरेपछि थप तनाव बढेको छ ।

मुक्कुमलुङ संयुक्त संघर्ष समिति सल्लाहकारसमेत रहेकी ‘नो केवलकार अभियन्ता’ सरु सिङ्गककाअनुसार मुक्कमुलुङ दर्शन गर्न इलामबाट आएका जनम इधिङ्गो लिम्बू, सञ्जोग नुगो र सुसिल नुगोलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

संघर्ष समितिका संयोजक श्रीलिङ्खिम लिम्बुले राति ९ बजे मुक्कुमलुङ माङको विशेष पूजा गर्न इलामबाट पुगेका दर्शननार्थीलाई स्वागत गर्ने क्रममा तीनजनालाई प्रहरीले पक्राउ गरेको बताए ।

प्रहरीले पक्राउ गर्नुअघि उनीहरुलाई मुक्कुमलुङ (पाथिभरा)मा केवलकार बन्नुपर्नेे पक्षका केही युवाले कुटपिट गरेका थिए । श्रीलिङ्खिमले भने, ‘प्रहरीले कुटपिटमा संलग्न ती युवालाई पक्राउ गर्नुको सट्टा तीर्थयात्रीलाई बिनाकारण धरपकड अर्को तनाव बढाएको छ ।’

प्रकृतिकपुजक रैथाने याक्थुङ लिम्बूहरूले युमा÷तागेरनिङ्वाफुमाङ बस्ने पवित्रस्थल मुक्कुमलुङ÷सेमुक्ति कोक्मा भनेर मुन्धुम अनुसार पुकार्दै आए पनि पञ्चायतकालको प्रारम्भिककालमा आएर उक्त डाँडाको नाम पाथीभरा राखिएको थियो ।

पाथीभरामा ५० को दशकमा पाथीभरा देवीको मूर्ति स्थापना गरेपछि धार्मिक र सांस्कृतिक विवाद भित्रभित्रै भुसको आगो जस्तै सल्किन थालेको थियो । पछिल्लो समयमा व्यापारिक व्यवसायिक उद्देश्यले विकासको नाममा केवलकार सञ्चालन तयारी गरिएपछि विवादले उत्कर्ष रुप लिएको छ ।

करिव सात वर्षदेखि आदिवासी जनजाति समुदाय र याक्थुङ लिम्बूहरूले पाथीभरालाई मुक्कुमलुङ नामाकरण माग गर्दै संरक्षणका लागि निरन्तर आन्दोलन चलाइरहेका छन् । केवलकार निर्माण योजना गर्न सरकारले मंसिरमा जनपथ प्रहरी कार्यालय र गएको पुस १५ गते मुक्कुमलुङको तल्लो फेदीमा सशस्त्र प्रहरीको कार्यालय स्थापना गरेपछि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदै आएको छ ।

यसअघि मुक्कुमलुङ क्षेत्र संरक्षण माग गर्दै आएका समूहमाथि गत कात्तिक २३ गते केवलकार वनाउनु पर्छ भन्ने पक्षधरले आक्रमण गर्दा चन्द्र मादेन र मुक्कुलुङ क्षेत्रमा भारी बोक्दै आएका अर्जुन लिम्बू घाइते भएका थिए ।

लामो उपचारपछि स्वास्थ्यमा सुधार आए पनि अर्जुन लिम्ब निको हुन नसकेको नसकेको अभियन्ता सरु सिङ्गकले बताइन् ।

उनका अनुसार शान्तिपूर्ण विरोधका क्रममा आक्रमण गर्नेविरुद्ध पटक पटक किटानी जाहेरी दिए पनि प्रहरीले नलिएपछि उच्च अदालत इलाममा रिट दायर गरिएको थियो । मंसिर १६ गते उच्च अदालतले कारण देखाऊ आदेश जारी गरे पनि सुनुवाइ नभएको संघर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : ११ बजे

ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले

उपचारमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी

छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट

प्रमाणित दोषीलाई भिसा दिएको भन्दै अमेरिकी र अस्ट्रेलियाली दूतावासलाई चलाउनेको पत्र

काठमाडौं- अदालतबाट प्रमाणित दोषीहरूलाई भिसा दिएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक

कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण

काठमाडौं– विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेपाल